राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी विधेयक संसदमा फिर्ता

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा फिर्ता पठाएका छन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मर्मअनुकूल नभएको भन्दै प्रतिनिधिसभामा पुनर्विचारका लागि फिर्ता पठाएका हुन् ।
विधेयकलाई प्रमाणीकरणका लागि सभामुख देवराज घिमिरले असार ३१ गते राष्ट्रपति कहाँ पठाएका थिए ।
विधेयक संविधानको मर्म, भावना, लोकतान्त्रिक मूल्य मान्यता एवम् विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२ ०७:५०
प्रतिक्रिया दिनुहोस्