Sagun Khabar
आफ्नो प्रेम व्यक्त गर्न ...(कविता)

आफ्नो प्रेम व्यक्त गर्न खोज्दै छु
जिन्दगीमा उज्यालो ल्याउन खोज्दै छु
म तिमिलाई सम्झन्छु
म आज पनि तिमिलाई धेरै माया गर्छु ।।

जब म आँखा बन्द गर्छु तिमिलाई देख्छु
केवल तिम्रो अंगालो र स्पर्शको चाहना गर्छु
म तिमिलाई धेरै सम्झन्छु
यो जिन्दगी मुस्कान र हर्षका साथमा बिताउछु ।।

के तारा जस्तै अडिग हुन सकुला
कल्पना पनि गरेको थिइनँ यति धेरै माया गरौंला 

आफ्नो प्रेम व्यक्त गर्न खोज्दै छु
जिन्दगीमा उज्यालो ल्याउन खोज्दै छु
म तिमिलाई सम्झन्छु
म आज पनि तिमिलाई धेरै माया गर्छु

लेखक – गोबिन्दराज ओझा (राजन )
 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update