Sagun Khabar
पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाण्डौ – पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । हिजो बेलुकी ललितपुर कुपण्डोलमा रहेको घरमा छाती दुख्यो भनेपछि उनलाई तुरुन्तै थापाथलीको नर्भिक अस्पताल लगिएको थियो ।

अस्पताल पु¥याएको केहीबेरमै उनको निधन भएको शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले जानकारी दिइन् । 

उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार मुटुसम्बन्धी समस्या ‘कार्डियाक अरेस्ट’बाट शर्माको निधन भएको हो ।

शर्मा २०६९ फागुनदेखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेकी थिइन् । त्यसअघि उनले गोरखापत्र संस्थानबाट प्रकाशित ‘दि राइजिङ नेपाल’मा १३ वर्ष काम गरेकी थिइन् । 
शर्माको जन्म २०२३ साल कात्तिकमा भएको हो ।
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update