Sagun Khabar
रसुवामा बाढी अपडेट : १८ जना बेपत्ता,९ जनाको उद्धार

काठमाण्डौ – नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक हराइरहेका छन् । बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ ।

अहिले ३० देखि ३५ कामदार फसेको, तर उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए जानकारी दिनुभयो । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा गएराति वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै टिमुरेमा रहेको भन्सार कार्यालय परिसर (यार्ड) नै बगाएको हो ।

परिसरमा रहेका धेरै गाडी बाढीले बगाएको छ । छिमेकी चीनतर्फ ठूलो पानी परेका कारण बाढी आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीको पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update