Sagun Khabar
जाजरकोटमा ढुंगाले लागेर दिदी–बहिनीको मृत्यु 

जाजरकोट – कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर मृत्यु भएको छ । टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको गएराति मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।

नियमित पानी परिरहेको र उनीहरुलाई टहरामाथिबाट खसेको ढुङ्गाले लागेको उनले बताए । नरबहादुर बुढाका दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा ढुङ्गा खसेर लाग्दा ज्यान गएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोट भूकम्पबाट प्रभावित जिल्ला हो ।
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update