डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

डोटी: डाेटीकाे केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।
दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले बताए।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ १२:५५
प्रतिक्रिया दिनुहोस्