Sagun Khabar
गायक अमर लामाको निधन 

डोटी –डोटी घर भएका गायक अमर लामाको निधन भएको छ ।

डोटीको बडीकेदार गाउँपालिका–३ देवल घर भई कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा बस्दै आएका गायक लामाको ४७ वर्षको उमेरमा निधन भएको हो । 

संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका लामा बिरामी भएपछि चैत १७ गते कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका थिए । उनलाई थप उपचारका लागि वैशाख १४ गते महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौँ लगिएको थियो । 

सोमबार राति उपचारकै क्रममा लामाको निधन भएको हो । लामाको निधनले सुदूरपश्चिमको कला, संगीत र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुगेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताए । 

डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावत (डोटेलीकान्छा) ले लामाको निधनले सुदूरपश्चिमको संगीत क्षेत्रमा ठुलो क्षति पुगेको बताए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update