Sagun Khabar
बैतडीको मेलौलीमा स्वराड महोत्सव हुने 

बैतडी–बैतडीको मेलौलीमा आगामी जेठ १ गतेदेखि बृहत स्वराड सांस्कृतिक महोत्सव तथा व्यापार मेला सञ्चालन हुने भएको छ । 

पर्यटन विकास मञ्चको आयोजना तथा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाको मुख्य प्रवद्र्धनमा महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक सागर भण्डारी (सोराडी)ले बताए । 

Atrya hospital

स्थानीय उत्पादनको बजारीकरण,स्थानीय कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना लागिएको महोत्सवमा क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभीसी मुख्य प्रायोजक रहेको छ । 

जेठ १ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहनेछ । महोत्सवका माध्यमबाट यो क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार हुने विश्वास लिइएको संयोजक भण्डारीले बताए । 

महोत्सवमा गायक रामजी खाँड, पुष्कल शर्मा, महेश औजी, एलीना चौहान, रेखा जोशी, चक्र बम, सेरी औजी लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने मुख्य प्रायोजक क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभिसीका प्रोप्राइटर भोजराज जोशीले बताए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update