Sagun Khabar
सांगितिक क्षेत्रमा पाइला सार्दै जिप व्यवसायी बिष्ट 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ बिष्टपालीका राम बिष्टले सांगितिक क्षेत्रमा प्रवेश गरेका छन् । जिप व्यवसायी समेत रहेका बिष्टले ‘तिर्नै पर्यो साहुको ऋण’बोलको देउडा गीत बजारमा ल्याएका छन् । 

एक महिना पहिला बजार ल्याएको उक्त गीतको शब्द बिष्ट आँफैले सिर्जना गरेका हुन् भने लय आरडी रहिसको रहेको छ । उक्त गीतमा बिष्ट र गायिका गौरी भट्टको स्वर रहेको छ । 

Atrya hospital

अलिशा म्युजिक प्रालिबाट बजार ल्याइएको उक्त गीतमा स्थानीय परिवेशलाई समेटिएको बिष्टले बताए । स्वदेशमा रोजगारीको अवसर नहुँदा परदेश जानुपर्ने पीडालाई गीतमार्फत सार्वजनिक गरिएको बिष्टले बताए । 
एसपी गोल्ड पिक्चर्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा राम बिष्ट र रितु ठगुन्नाको अभिनय रहेको छ । 

पहिलो सांगितिक कोशेलीलाई दर्शक ÷श्रोताले मन पराएकाले दोश्रो गीत सार्वजनिक गर्ने तयारी समेत रहेको बिष्टले बताए । स्थानीय कला र संस्कृतिलाई जोगाउन आफूले सांगितिक क्षेत्रमा प्रवेश गरेको बिष्टले बताए । स्थानीय परिवेशलाई गीतमार्फत सार्वजनिक गर्ने आफ्नो योजना रहेको उनले बताए । 

बिष्टले बजारमा ल्याएको पहिलो गीतलाई ४३ हजार बढीले युट्युब च्यानलमार्फत हेरेका छन् । गीतमा समेटिएका शब्दले स्थानीयहरुको दैनिकी झल्काएको बिष्टले बताए । 

https://www.youtube.com/watch?v=gwD4L0amkn4

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update