Sagun Khabar
माटोको ढिस्कोमा पुरिएर डोटीमा एक महिलाको मृत्यु 
Atrya hospital

डोटी –माटोको ढिस्कोमा पुरिएर डोटीमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शिखर नगरपालिका–७ की ६० बर्षीया मन्धरी बलायरको आइतबार करीब १२ बजेतिर माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

रानीवनमा घर पोत्नको लागि रातो माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर मन्धरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update