
बैतडी–अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बैतडीको पाटन नगरपालिका –९ मा जनचेतनामूलक देउडा कार्यक्रम सम्पन्न गरिएको छ । वडास्तरीय महिला सञ्जालको आयोजना र पाटन नगरपालिका वडा नं ९ को कार्यालयको सहयोगमा देउडा कार्यक्रम आयोजना गरिएको पाटन नगरपालिका कार्यपालिका सदस्य जयन्ती बिजलेले बताइन् ।
दिवसको अवसरमा आयोजना गरिएको देउडामार्फत महिलाहरुले महिला अधिकारका बिषय पैरवी गरेका छन् । संविधानले दिएका हक अधिकारको उपभोग गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
दिवसको अवसरमा आयोजना गरिएको देउडा कार्यक्रममा सहभागी महिलाहरुले महिला अधिकार, महिलाहरुले भोग्नुपरेका समस्या लगायतका बिषय देउडामार्फत प्रस्तुत गरेको बिजलेले बताइन् ।
उक्त अवसरमा देउडीयाहरुलाई सम्मान समेत गरिएको छ ।