
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ स्थित वन समिति क्षेत्रमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ भने चालक फरार रहेका छन्।
बिहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बा ०१–००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–१८ निवासी २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय महिमान बिष्ट घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ।
प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ १३:३२
प्रतिक्रिया दिनुहोस्