Sagun Khabar
डोटीमा जिपको ठक्करबाट बालिका घाइते 
Atrya hospital

डोटी–डोटीमा जिपको ठक्करबाट एक बालिका घाइते भएकी छन् । जिल्लाको शिखर नगरपालिका–२ मुडेकी ९ वर्षीया समीक्षा पार्की जिपको ठक्करबाट घाइते भएकी हुन् । 

दिपायल सिलगढी ननगरपालिका–४ रिभर साइड होटल नजिक केआईसिंह राजमार्गमा दिपायल बाट मौवातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको जिपले बालिकालाइ ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइते बालिकाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ । जिप चालक डोटीको आदर्श गाउँपालिका–३ नुवाकोट बस्ने २३ वर्षीय विराज भट्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update