Sagun Khabar
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको शान्ति प्रस्ताव: "म जुनसुकै कदम उठाउन तयार छु"

रसिया-युक्रेन युद्धलाई तीन वर्ष पुग्नुभएको सन्दर्भमा, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिका लागि आफू जुनसुकै कदम उठाउन तयार रहेको बताएका छन्। कीभमा आयोजित पत्रकार सम्मेलनमा, उनले भने, “यदि मेरो राजीनामाले शान्ति ल्याउँछ वा युक्रेनलाई नेटो सदस्यता दिलाउँछ भने, म पद त्याग्न तयार छु।”

यसका साथै, उनले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा कुरा गर्दै भने, "ट्रम्प सधैंका लागि रहँदैनन्, तर रसियाबाट हुने खतरा स्थायी रहन्छ। हामीलाई यो महत्त्वपूर्ण छैन कि ट्रम्प सत्तामा रहँदासम्म पुटिनले हमला गर्दैनन्। हामीलाई यस्तो स्थायी सुरक्षा ग्यारेन्टी चाहिन्छ, जुन ट्रम्प र पुटिन दुवैको सत्ता सकिएपछि पनि कायम रहोस्।"

जेलेन्स्कीले अमेरिकाबाट प्राप्त ५०० अर्ब डलरको सहायता बारे पनि स्पष्ट सन्देश दिएका छन्। उनले भने, "यो ऋण होइन। म त १०० अर्ब डलरलाई पनि ऋण मान्दिनँ। अमेरिकाले हामीलाई सहायता दिएको हो, जुन ऋण होइन भन्नेमा बाइडेन र म सहमत थियौँ।"

यसरी, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको दीर्घकालीन सुरक्षा र सहायता सन्देशलाई दृढता र स्पष्टता साथ प्रस्तुत गरेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update