
डोटी –धनगढीबाट अछाम आउँदै गरेको इभी भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारमा अछामको चौखुट्टेतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६६६ नम्बरको इभी भ्यानले सोही दिशा तर्फ आउँदै गरेको हाईसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका २६ वर्षीय सुरज बोहराले चलाएको उक्त भ्यानमा सवार ८ जना मध्ये दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेमा डोटीको शिखर नगरपालिका–८ तिलतालीका चक्र बलायर छन् भने एक महिलाको परिचय खुल्न सकेको छैन् ।
उनीहरु दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १७:४७
प्रतिक्रिया दिनुहोस्