Sagun Khabar
पत्रकार उपाध्यायको कविता संग्रह ‘आमा म आउदैछु’ विमोचन 

कैलाली –पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ ।

साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रुपमा कविता सङ्ग्रहको विमोचन गरेका हुन ।

Atrya hospital

ऐश्वर्य प्रकाशनको आयोजनामा आयोजित विमोचन कार्यक्रममा शुभकामना मन्तव्य दिदैं साहित्यकार लम्सालले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोस र पीडा कविता संग्रहमा समेटिएको बताए । उनले कविता सङ्ग्रह आर्थिक विकास र परिवर्तनका लागि शङ्खघोष हुन सक्ने बताए ।

त्यस्तै, सुदूरपश्चिम क्याम्पसका पूर्व रजिष्ट्रार डा. पन्तले समाजमा भएका विकृति कवितामा समेटिएको बताए ।

पत्रकार उपाध्यायले गत भदौमामात्रै द्वन्द्व पत्रकारिताको एक दशक नामक उपन्यास बजारमा ल्याएका थिए । कोभिड महामारी र द्वन्द्वको क्रममा जे भए त्यसमा आधारित भएर कविता सङ्ग्रह सृजना गरेको लेखक उपाध्यायले बताए बताए ।

कार्यक्रमका सभापति तथा पुस्तक प्रकाशन गृहका संचालक एबम चैतन्य पाठशालाका अध्यक्ष गणेश जोशीले कवि उपाध्यायले पत्रकारिता क्षेत्रमा मात्रै नभइ साहित्यिक क्षेत्रमा समेत पहिले देखिनै क्लम चलाई राख्नु भएको स्मरण गर्दै उनको यो रुचिलाई आफुले सानो सहयोग मात्रै गरेको बताए ।
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update