Sagun Khabar
डोटीमा अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान 

डोटी –डोटीमा अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर नागरिकता प्रदान गरिएको छ ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ का सुरेश बोहरा र वडा नम्बर ७ का निर्मल धामीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण नागरिकता लिन प्रशासन कार्यालय सम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नेपाली नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । 

Atrya hospital

राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट कुनै पनि नागरिक कुनै कारणले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले घरमै पुगेर नागरिकता प्रदान गरिएको उनले बताए । 

जिल्लाका अन्य स्थानीय तहहरूमा पनि त्यस्ता व्यक्तिहरु भए आफूले घरमै पुगेर नागरिकता उपलब्ध गराउने जोशीको भनाई छ । 

गाउँपालिकाको सहजीकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरेर घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । 

नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरिएको अध्यक्ष गड्सिलाले बताए ।
 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update