Sagun Khabar
डोटीमा घाँटी रेटिएको अवस्थामा एक जना मृत फेला 
Atrya hospital

डोटी –डोटीमा एक पुरुषको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । सायल गाउँपालिका – ५ दैनाका  ४० वर्षीय बहादुर खड्का आइतबार बिहान घाटी रेटिएको अवस्थामा मृत फेला परेका हुन ।

शनिवार छोरीको उपचार गर्न जिल्ला अस्पताल डोटी पुगेका उनी साँझ आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीका चालक छत्र खड्काको कोठामा बसेका थिए ।

राति सोही कोठामा मादक पदार्थ सेवन गरेका उनले आँफैले घाटी रेटेर आत्महत्या गरेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाका बिषयमा डोटी प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update