Sagun Khabar
विश्वासमा अडेको जिन्दगी
Atrya hospital

भनिन्छ,संसार विश्वासमा अड्किएको छ । हामी विश्वासप्रति विश्वास गर्छौँ । ईश्वरप्रति विश्वास गर्छौँ । धर्मप्रति विश्वास गर्छौँ । आफन्त सार्थीभाइप्रति विश्वास गर्छौँ । आफूप्रति विश्वास गर्छौँ ।
बोलीचालीको भाषामा विश्वास सामान्य लाग्छ । तर, यसको अर्थ, आयाम र क्षेत्र बृहत् छ । यो एक अदृश्य शक्ति हो । जसद्वारा सारा संसार चलेको छ । मानिस–मानिस बीचको एक अर्का प्रतिको विश्वास । नाता–सम्बन्धको विश्वास ।सोचप्रतिको अविश्वास ।
विश्वास एक शक्तिशाली हतियार हो ।आफूभित्रको विश्वासले नै मासिन सर्वश्रेष्ठ प्राणी बनेको हो ।तर, यहाँ कसलाई विश्वास गर्ने ? किन गर्ने ? प्रश्न भने व्याप्त छ ।
विश्वासले मानिसलाई सर्वश्रेष्ठ प्राणी बनायो ।त्यही मान्छेमा अविश्वासको ठूलो खाडल छ । विश्वासको खडेरी छ । यसको प्रमुख कारण हो– बारम्बारको अविश्वास छ । हामी झुटलाई पनि विश्वास गरिरहेका हुन्छौँ । अन्धविश्वासलाई पनि विश्वास नै ठान्छौ । त्यसैले अहिले विश्वासको खडेरी लागेको हो ।
यहाँ धेरैलाई विश्वास गर्दा धेरै फसेका छन् । दुःख पाएका छन् ।झुक्किएका छन् । ठगिएका छन् । सम्बन्ध बिग्रिएको छ । घरबार टुटेको छ । कमाएको सबै सम्पत्र् िर सम्मान चौपट भएको छ । त्यसैले विश्वास कसलाई गर्ने÷नगर्ने यो दुबिधा सबैमा छ ।
विश्वास गर्नुपर्छ । सबैप्रति अविश्वास गर्दा जीवन नै चल्दैन । जीवन विश्वासमै टिकेको छ । जहाँ भरोसा गर्न योग्य छ, त्यहाँ विश्वास गर्नैपर्छ ।हामीसँग विवेक छ । विचार छ । ठिक बेठिक छुटाउन सक्ने क्षमता छ । ज्ञान छ । त्यसैले सोच विचार गरेर विश्वास गर्नुपर्दछ ।
विश्वास गर्ने ठाउँमा विश्वास गर्नैपर्छ । विश्वास यथार्थमा गर्नुपर्छ ।कल्पनामा होइन । कल्पनाले जीवन चल्दैन । जीवन यथार्थमा चलेको हुन्छ । वास्ताकितालाई भरोस गरौँ । तर, अहिले हामी कल्पनामा फसिरहेका छौँ । काल्पनिक कुरालाई विश्वास गरिहरेका छौँ । भ्रमलाई विश्वास मानिरहेका छौँ । जसलाई समस्या निम्त्याएको छ ।
यहाँ सबै ठाउँमा विश्वास टुटेको छ । आमाबुबालाई सन्तानको विश्वास छैन । आफ्नै जीवनसाथीको पनि विश्वास छैन । जसले गर्दा डिभोर्स गर्नेको संख्या बढेको बढ्यै छ ।
आफूलाई आफ्नै विश्वास छैन । यसरी विश्वासको खडेरी लाग्नुको मुख्य कारण हो– भ्रम । हामीले थुप्रै भ्रमको खेती ग¥यौँ । भ्रमलाई विश्वास गर्दा धेरै ठगिए । धेरैको घरबार चौपट भयो । नाता सम्बन्धमा दरार ल्यायो ।
सत्य कुरा गर्दा पनि विश्वास गर्न छाडिसके । अविश्वासले भय र असुरक्षाको अनुभूति गराउँछ । आक्रोश पैदा गर्छ ।सर्वश्रेष्ठ प्राणीमा आज इमानदारी र नैतिकता हराएको छ । स्वार्थका लागि जे गर्न पनि तयार हुन्छौ । स्वार्थका लागि इमानजमानको बलि चढाउँछौँ । जसले गर्दा नकारात्मक सोच बढेको छ । अरूलाई झुक्क्याउने र ठग्ने होडबाजी चलेको छ । अरूले मलाई ठग्दा हुने, मैले ठग्न नहुने भन्ने भावनाको विकास भएको छ । जसले गर्छ पाप, उसैको हुन्छ फलिफाप भन्ने भाष्य बन्दै गएको छ ।
झुटा कुरालाई विश्वास गर्दा अपराध मैलाएको छ । त्यसका लागि कडाभन्दा कडा नीतिनियम तथा कानुनको व्यवस्था गर्नुपर्ने अवस्था छ । सबै अवस्था हेरेर नीतिनियम, प्रक्रिया स्थापित भएका हुन्छन् । तिनैका आधारमा काम हुन्छ भन्ने मान्यता छ । विडम्बना, बनेको नीति र चलेका थितिलाई वास्ता गरिँदैन, आफ्नो स्वार्थअनुकूल व्याख्या गरिन्छ ।
समय अनुकूल बोली फेरिन्छ । मैले के बोल्नुपर्छ, के बोल्नु हुँदैनभन्दा पनि म के बोल्दा ठीक देखिन्छु र के बोल्दा फाइदा लिन सक्छु भन्ने सोच छ । मनले थाहा पाउँदापाउँदै पनि झूट बोलिरहेको हुन्छौँ । मानिसहरू अरूको कुरामा न्यायाधीश र आफ्नो कुरामा वकिल बनिरहेका हुन्छन् । यस्ता सोच र प्रकृतिका मानिसको जीवनमा फल लाग्दैन । फल लाग्ने पनि रसिलो हुँदैन,रस लागे पनि स्वाद हुँदैन र मृत्युपर्यन्त आत्माको सही स्थानमा बास हुँदैन ।
विश्वास यथार्थमा गर्नुपर्छ । कल्पनामा होइन । कल्पनाले जीवन चल्दैन । जीवन यथार्थमा चलेको हुन्छ । वास्ताकितालाई भरोस गरौँ । तर, हामी कल्पनामा फसिरहेका छौँ । काल्पनिक कुरालाई विश्वास गरिहरेका छौँ । भ्रमलाई विश्वास मानिरहेका छौँ । जसलाई समस्या निम्त्याएको छ ।
मानिसको असल कर्मले नै जीवन सार्थक बन्ने हो । गलतले जुन आफ्नो मनले भन्दै छ यो ठीक छैन । प्रतिकार गर्न सक्दैन भने त्यो जीवित भए पनि मरेतुल्य हो । यस्ता कर्मले क्षणिक त आनन्द मिल्ला, खुसी होला अन्त्यमा पश्चात्ताप बाहेक केही हुँदैन ।
कुनै पनि व्यक्ति भित्र दृढ विश्वास भयो कुनै पनि हालतमा उसले हरेक असम्भवलाई पनि सम्भव बनाउन सक्छ । यसको एक उदाहरण हो– अलेक्जेण्डर । उनले आफूभित्रको विश्वासले विश्वको आदिभन्दा बढी भागलाई आफ्नो अधीनमा पारेका थिए ।
कसैलाई विश्वास दिलाउनु ठूलो कुरो होइन, विश्वासलाई कायम बनाई राख्नु ठूलो हो । हरेक मानिसमा कुनै न कुनै रुपमा विश्वासको शक्ति हुन्छ । त्यो विश्वासको आडमा शक्तिको सदुपयोग र दुरुपयोगले मात्र मानिसको व्यवहारलाई दर्साउन सक्छ ।
भनिन्छ विश्वासको शक्तिले ढुङ्गालाई भगवान् र भगवानालाई मूल्यहीन पत्थर पनि बनाउन सक्छ । यो केवल मानिसको विश्वासको शक्तिमा भर पर्ने कुरा हो । भौतिकवादी दर्शनले संसारको अदृश्य शक्तिलाई बहिष्कार गरेतापनि आजसम्म वैज्ञानिकहरूले अदृश्य शक्ति स्रष्टाको सृष्टिलाई पूर्ण रुपमा गलत दर्शन हो भनेर ठोस प्रमाण राख्न सकेका छैनन् ।
विश्वासबाट व्यक्ति आफ्नो उद्देश्य प्राप्त गर्न अवश्य सफल हुन सक्छ भन्ने कुरामा दुईमत छैन । शक्तिशाली पात्रको रुपमा विश्वसामु चिनिनु आफू भित्रको विश्वासले मात्र सम्भव हुन्छ । स्वर्ग र वैकुण्ठको विश्वास गर्नुको कुनै अर्थ छैन । आजसम्म न कोही स्वर्ग पुगेका छन् ? न त वैकुण्ठमै कसैको बाँस भएको छ । यो कहाँ छ कसैलाई थाहा छैन ।
यो विश्वास गरौँ, यहाँ नै स्वर्ग बनाउन सक्छौँ । त्यसैले सबैले आफ्नो विवेक, विचार, ज्ञान र क्षमतालाई भरपुर प्रयोग गरेर विश्वास गरौँ । भ्रमको खेती नगरौं । विश्वास संसार अडिरहने माध्यम बनिरहोस् ।
एउटै मानिसमा कुनै पक्षमा निपुणता र कुशलता हुन्छ भने अन्यमा नहुन सक्छ। त्यसो हुँदा मूल रूपमा मान्छेले गर्ने असल प्रयत्नका आधारमा मान्छेलाई मूल्यांकन गर्नुपर्ने हो। तर एकाध काममा निपुणता देखाएपछि या वाक्पटुता देखाएपछि हाम्रो समाजले व्यक्तिलाई नायक बनाउन हतारो गरिहाल्छ। गिरिले हाम्रो समाजको चरित्रलाई लक्षित गर्दै भनेका पनि थिए– जुन समाजलाई नायक चाहिन्छ, त्यो अभागा समाज हो। 
खास समयमा मान्छेले आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्छ। तर समयको गतिशीलताले मान्छेलाई सधैँ एकनास, क्रियाशील र प्रभावकारी नराख्न सक्छ। एक समयमा सुयोग्य देखिएको व्यक्ति समयसँगै अयोग्य देखिन सक्छ। समयसँगै व्यक्तिको बोली, व्यवहार र आदर्शमा समेत परिवर्तन आउन सक्छ। तर यो मानवीय स्वभाव हो। परिवर्तन भौतिक–जैविक दुनियाँको सत्य हो। 

सधैँ एउटा मान्छे नायक रहिरहन सम्भव पनि हुँदैन। मान्छेको वृद्धि र क्षमताको सीमा हुन्छ। तर, जब समाजले भगवान् मानेको मान्छेलाई कल्पनाको दुनियाँबाट वास्तविक दुनियाँमा भेट्छ अनि त समाजले मान्छेसम्म बन्ने मौका समेत दिदैन
लेखक : सामुदायिक रेडियो मेलौली एफ एम १०१.२ मेगाहर्जका स्टेशन म्यानेजर हुन ।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update