भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । पञ्जाब प्रहरीका अनुसार यो घटना गएराति १२ बजेतिर भएको हो ।
गोली लागेपछि गोगीलाई लुधियानाको डीएमसी अस्पताल पु¥याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको पञ्जाब प्रहरीलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ ।
गोगीको शवलाई डीएमसी अस्पतालको शवगृहमा राखिएको छ । घटनाको प्रारम्भिक विवरण र परिवारका अनुसार गएराति गोगीले गल्तीवश आफूले आफैलाई गोली चलाएको पाइएको छ । उनको टाउकोमा गोली लागेको थियो ।
गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए ।
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१ १०:३५
प्रतिक्रिया दिनुहोस्