Sagun Khabar
भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर ११ जनाको मृत्यु 
Atrya hospital

भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ । चट्याङ लागेर अरू धेरै मानिस घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चट्याङ लागेर मृत्यु हुने ११ जनामध्ये तीन नाबालिग र दुई जना युवासमेत रहेका माल्दाका जिल्ला अधिकारी नितिन सिंघानियाले बताए । उनले पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताएको खबरमा उल्लेख छ । जिल्ला प्रशासनले पनि उनीहरूलाई सहयोग गरिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update