Sagun Khabar
डोटीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

डोटी–डोटीमा जिपले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको छ । 

Atrya hospital

जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका साउँदको उपचारका क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक सोही स्थानका २७ वर्षीय प्रकाश विकलाई थप उपचारका लागि धनगढी पठाइएको छ । ठक्कर दिएर फरार रहेको जिपको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यस्तै कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–३ का ३८ वर्षीय दिपक कँडेलको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

कडेललाइ लम्कीचुहा नगरपालिका–१ पुर्ब लम्की स्थित सुदूरपश्चिम प्रदेश ०१००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले ठक्कर दिदा उनी गम्भिर घाइते भएका थिए । घाइते कँडेलको उपचारको क्रममा  शनिबार मृत्यु भएको हो । 

बस र बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ का ३२ वर्षीय नेत्रप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update