Sagun Khabar
देउवा दम्पतीद्वारा उग्रतारा मन्दिरमा पूजापाठ 

डडेल्धुरा –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी एवं परराष्ट्र मन्त्री आरजु राणा देउवाले डडेल्धुरास्थित सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शन र पूजापाठ गरेका छन् ।

उग्रतारा मन्दिरको जात्रामा सहभागिता जनाउन र पूजापाठका लागि गृह जिल्ला डडेल्धुरामा रहेका देउवा दम्पतीले आज बिहान उग्रतारा मन्दिरमा पुगेर पूजापाठ एवं दर्शन गरेका हुन् । 

Atrya hospital

उग्रतारा मन्दिरमा हरेक बर्ष लाग्ने देहीजाँत शनिबार सम्पन्न भएको छ । देहीजाँतकै अवसरमा सभापति देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाले उग्रतारा मन्दिरको दर्शन र पूजाअर्चना गरेका हुन् । 

उग्रतारा मन्दिरमा हिजोदेखि शुरु भएको जात्रा आज सम्पन्न भएको छ । डडेल्धुरा सदरमुकामबाट ५ किलोमिटर टाढा रहेको उग्रतारामा शुक्रबार रतेडी र आज दिउसेडी मेला लागेको हो ।

अमरगढीकै खनमडा, छचोडा, दमडा र जिलोडा गाउँबाट बिहान देउरो आएपछि आज दिउसेडी मेला लागेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए । 

उग्रतारामा लागेको मेला भर्नका लागि सुदूरपश्चिमका सबै नौं जिल्ला, कर्णाली प्रदेश र भारतबाट पनि दर्शनार्थीहरु पुगेका थिए । 

किम्बदन्तिअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको विश्वास छ । सोही दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको बताइन्छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update