Sagun Khabar
प्रसिद्ध मालिकार्जुन धाममा जात्रा

दार्चुला–राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाममा जात्रा शुरु भएको छ । शैल्य मालिकार्जुनको शिखर धुरामा आज पूजन जात्रा लागेको हो । हरेक बर्ष असार शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर धुरामा पूजन जात्रा लाग्ने गर्दछ । 

दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शिखर धामको पूजन जात्रामा हजारौं भक्तजनहरुको घुइँचो लागेको छ । 

Atrya hospital

हिजो बेलुकीबाटै शिखर पूजन जात्रामा सहभागी हुन दर्शनार्थीहरु मन्दिरमा पुगेका थिए । पवित्र मनले शिखर धामको दर्शन गरेमा पूण्य प्राप्त, निर्धन धन प्राप्त हुने र निसन्तानलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रही आएको छ ।

आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषले कम्तीमा १५ दिन अगाडिदेखि नै शुद्ध भएर एक छाक खान खाएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने धार्मीक मान्यता रहेको छ । 

आज शिखर धाममा पूजन जात्रा सकिएपछि मालिकार्जुन मन्दिरमा जात्रा लाग्ने गरेको छ । कार्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा जात्रा लाग्ने गरेको स्थानीय गंगासागर जोशीले बताए ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update