Sagun Khabar
बैतडीको पुर्चौंडीमा देउडीया कलाकार सम्मानित 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले २३ जना देउडीया कलाकारहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ । 

नगरपालिकाले हरिबोधिनी एकादशी तथा कफलखाना गिरेगडा मेलाको अवसरमा आयोजना गरेको खुल्ला देउडा गायन कार्यक्रममा सहभागी भएका देउडीयाहरुलाई सम्मान गरेको हो । 

Atrya hospital

आइतबार र सोमबार दुईदिन आयोजना भएको खुल्ला देउडा गायन कार्यक्रममा २३ जना देउडीया कलाकारहरुको सहभागिता रहेको थियो । सहभागी देउडीया कलाकारहरुलाई सम्मान गरिएको देउडा कार्यक्रमका सम्पर्क व्यक्ति करनप्रसाद भट्टले बताए । 

सम्मानित हुने देउडीया कलाकारहरुमा जेआर भट्ट, भानुभक्त जोशी, गंगा खत्री, कमला बिष्ट, लक्ष्मी बोहरा,रमा बोहरा, जैमल बोहरा, दिपेन्द्र साउँद, उषाकुमारी धानुक,धर्मादेवी बोहरा र नरदेव भट्ट रहेका छन् । 

यस्तै नन्ते धामी, दिलबहादुर धामी, गोले पार्की, करन विक, बिरा लुहार, धाना लुहार, उत्तरा जोशी, धनदेव जोशी, नन्ते बोहरा, मदन ऐर , डम्मर कुँवर र अज्जो धानुकलाई पनि सम्मान गरिएको कार्यक्रम सम्पर्क व्यक्ति भट्टले बताए । 

स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित नगरपालिकाले खुल्ला देउडा कार्यक्रमको आयोजना गरेको नगर प्रमुख दिपकबहादुर बमले बताए । 

देउडीयाहरुलाई सम्मान गर्ने कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पाल,नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पुर्चौंडी नगरपालिकाका नगर प्रमुख दिपकबहादुर बम, उपप्रमुख मीना धानुक, सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, नेपाली कांग्रेसका महासमिति सदस्य उत्तरबहादुर ऐर, समाजसेवी हरिमोहन भण्डारी, पुर्चौंडी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । 

देउडीयाहरुलाई सम्मान तथा देउडा गायन कार्यक्रमको समापनको समारोह पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालको अध्यक्षतामा भएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update