Sagun Khabar
महिलाहरु उद्यमता र समृद्धिको मार्गमा
Atrya hospital

बैतडी  – बैतडीका तीन गृहिणीसहित चार महिलासँग चार पाङ्ग्रे सवारी चालक अनुमतीपत्र (लाइसेन्स) प्राप्त गरेका छन्। जिल्लाको सुर्नया गाउँपालिका तीन गृहिणी महिलाले चार पाङ्ग्रे सवारी चलाउन सिकेर चालक अनुमतीपत्र समेत लिएका छन्। सुर्नया गाउँपालिका वडा नम्बर ६ बस्ने २२ बर्षीय खगेश्वरी भट्ट, २८ बर्षीया मानमती भट्ट, २४ बर्षीय हिमा साउँद खत्रीले चालक अनुमती पत्र प्राप्त गरेका छन्।

दिगो आम्दानी मार्फत महिला उद्यमिहरुको आर्थिक शसक्तिकरण परियोजना अन्र्तगत वमेनस बैंक र एफसिए नेपालको आर्थिक सहयोग तथा साझेदार संस्था सामाजिक चेतना तथा बिकास संघ (साडा) नेपालले महिला तथा पिछडीएका लक्षीत वर्गहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गरेर जिविकोपार्जनतर्फ आर्कषण बढाउन महिलालाई सिगास र सुर्नया गाउँपालिका चार जनालाई दुई महिना सवारी साधान सञ्चालन गर्ने तालिम दिइएको थियो।

तालिम दिएका चार जना मध्ये तीन जनाले यातायात व्यवस्था कार्यालय डडेल्धुराबाट सवारी चालक अनुमती पत्र प्राप्त गरेका हुन्। उनीहरु मध्ये तीनजना गाडी सञ्चालनको तयारीमा रहेको साडा नेपाल बैतडीका कार्यक्रम संयोजक भुपाल बोहराले बताए। 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update