Sagun Khabar
उत्तराखण्ड बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो
Atrya hospital

भारत उत्तराखण्डको अल्मोडामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।  नैनीडाँडादेखि रामनगरतर्फ जाँदै  गरेको बस सोमबार बिहान दुर्घटनामा परेको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार बसमा सवार १५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुमध्ये ३ जनालाई थप उपचारका लागि हवाई उद्धार गरिएको थियो । उनीहरुको अहिले ऋषिकेश एम्समा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update