Sagun Khabar
भाइटिकाकी बैनालाई निउतो !!

दशैँ गइगै, दुत्या आइगै, हजारी फुली गै !
खबर छैन मेरी बैना, काममा भुली है !!
घर छैकी घरिना छैकी, रैबार नाइ आयो !
सुकेरी छै मेरी बैना ? परदेशी भाइ आयो !!

हिउन लाग्यो सुक्न पसि पानीकि पधेरी ! 
अधेरी छ कोहि पन छैन, इजाकी मझेरी !! 
जन सोचे को छर मेरा पाँच भाइ होइबटी !
ब्यानबासा फोनला भनी इजाकी छटपटी !!  
 
यै पाली जस्यालै आए, घर ब्यवस्था गरी !
बुढा इजा बुढा बाबा, खुशरन्ना मन भरी !!
धान बाली मकै बाली, थन्केकी भकारी !
घरपरिवार लालाबाला, कसाछन सुकारी !!
 
लाइदे छोरा फोन भन्ना, इजा बार बार  !
मुइ भन्नो आइझाली बैना जनगर हतार !! 
बारिकी सुन्तला दानी हुन लागि लाल !! 
ए मेरि पिठ्युकी बैना धन्य माया जाल !! 

Atrya hospital

जन गरे खर काट्दा हतार, गरे रहे फाम !
जति गर्या उत्तिकै हुदो, घरधन्दाको काम !!
हजारीकी फुलभाडी, तेरा माइत्या माल !
बैनाकी बुन्याकी माला, पर्खेछ यै साल !!

दिन बार हेरी आए, माइत्या घर बैना !
मगजकी पुरी भान्जी कति हेर्दिछ ऐना !!
भानिजाकी तोते बोली, रिटन्छ आँखामा !
दिन रात गिन्ती गर्दै, भानिजिको मामा !!

कइ ठौर जनम भयो कइ ठौर रन भयो !! 
आउना दिन मेरि बैना उदास झन भयो !! 
बारीकी सुन्तला दानी, असिनाले खायो !
भाइबैनी छुट्टीन्या रित, कै पुर्खाले लायो !!

यइ महिना सत्तर पैट, बाटो हेरि रौला !
जनमाणे चिन्ता बैना, आदिबाटो आउला !!
फेसबुकका गित मार्फत, रैबार पठाया !
मेरि बैना जल्ती आए, यतिकै अटाया !!

विष्णु जोशी ‘अँठोला’
शैल्यशिखर न पा ०७ बिरालिपोखरा, दार्चुला 
हाल शैल्यशिखर नगरपालिका गोकुलेश्वर दार्चुलामा कार्यरत

 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update