Sagun Khabar
अछाममा तीन जना जुवाडे पक्राउ 
Atrya hospital

अछाम –अछाममा तीन जना जुवाडे पक्राउ परेका छन् । 

जिल्लाको मंगलसैन नगरपालिका–५ मंगलसैन बजारस्थित दिपेन्द्र शाहीको घरमा कोठा भाडा गरी बस्दै आएका सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश भाटले जुवातास खेलाई रहेको अवस्थामा भाटसहित ३ जना जुवाडे पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १६ हजार ४३० रुपैयाँ र १ गड्डी तास, ३ थान मोवाइल सेटसहित गएराति पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update