 
                                                                    बैतडी– पुचौर्डी नगरपालिकाको वडा नम्बर ७ मा विद्युतको लाइन व्यवस्थापन नहुदा दुर्घटनाको जोखिम बढेको छ ।  पुचौर्डी नगरपालिकाको वडा नम्बर ७ मा विद्युत लाइन व्यवस्थापनमा विधुत कार्यालय बैतडीले चासो नदिएको नागरिकहरूले गुनासो गरेका छन  । रूखहरूमा तार छोइएका छन , जमिनबाट सजिलै हातले छोइने स्थितिमा रहेका मेन लाइनहरू व्यवस्थित नहुदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीयहरूको भनाइ रहेको छ ।
 
विधुत महसुल तिर्नको लागि समेत समयमै रिडिङ्ग नहुदा बिल तिर्न समस्या रहेको स्थानीयहरूको भनाई छ । मिटर रिडिङ्ग नगरेका कारण टाढा टाढा बाट आएर बिधुत कार्यालयमा तिर्न समेत कठिन हुने गरेको उनिहरूको गुनासो छ ।
लाईन व्यवस्थापन , मिटर रिडर लगायत समस्या समाधानको लागि पटक पटक जनप्रतिनिधिहरू संग गुनासो गरेपनि सुनवाइ नभएको स्थानीय पुरन सिंह ऐरिको भनाई छ ।




 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    