Sagun Khabar
कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जना घाइते, एक जनाको मृत्यु

कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परेर १४ जना घाइते भएका छन्।

घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। चाडपर्वको समयमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्। धनगढी उपमहानगरपालिका–७ बेली जंगलमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ९७३१ नम्बरको मोटरसाइकलले सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६३३८ नम्बरको अटोको पछाडीबाट ठक्कर दिँदा ४०, २३ र १७ वर्षीय गरेर तीन जना घाइते भएका छन्। घाइते तीनै जनाको सेती प्रादेशिक अस्तालमा उपचार भइरहेको छ। उता गोदावरी नगरपालिका–१ पूर्वरोडस्थित सुदूरपश्चिम प्रदेश ०१००८ प १६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा २४ वर्षीय एक पुरुष घाइते भएका छन्।

Atrya hospital

घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। घोडाघोडी नगरपालिका–४ सिम्थरीमा से ६ प ५१९२ नम्बरको मोटरसाइकलले छाडापशुचौपाया ठक्कर दिँदा एउटा गाई मरेको छ भने ४३ वर्षीय एक जना घाइते भएका छन्। घाइतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ। यता धनगढी उपमहानगरपािलका–७ जेपी चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१–००९ प ९४७८ नम्बरको मोटरसाइकलले छाडा गोरुलाई ठक्कर दिँदा ३० वर्षीय र २५ वर्षीय गरी २ जना घाइते भएका छन्। दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै गोदावरी नगरपालिका–१ मनहेरा पुल नजिकै से ५ प ९७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना घाइते भएका छन्।

घाइतेको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट नजिक सुदूरपश्चिम प्रदेश ०१–००८ प ०८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक पहिचान नखुलेका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ भने २ वर्षीया र १२ वर्षीया २ बालिका र ३२ वर्षीया एक महिला घाइते भएकी छन्।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update