Sagun Khabar
सुनको भाउमा कीर्तिमान : तोलाको १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्यो
Atrya hospital

सुनको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको छ । आज सुन एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो । यसअघि गएको भदौ ३१ गते उच्च भाउ तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय २० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय १५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update