Sagun Khabar
बैतडीमा २२ जना देउडीया सम्मानित 

बैतडी– बैतडीमा २२ जना देउडीया सम्मानित भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लागेको ठूली जातको अवसरमा देउडीयाहरुलाई सम्मान गरिएको हो ।
अनन्त चतुर्दशीको अवसरमा सञ्चालन भएको देउडा कार्यक्रममा सहभागी भएका २२ जना देउडीयाहरुलाई सम्मान गरिएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिए । 

निङ्गलाशैनी मेला व्यवस्थापन समितिले देउडीयाहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा रमेशसिंह भण्डारी, डम्मरबहादुर बोहरा, शंकरदत्त भट्ट, भरत बोहरा, रनि चन्द, महेश पाण्डेय, देवराज भट्ट, दुर्गा बाग, नैनसिंह बोहरा, रामसिंह पुजारा र करनसिंह कार्की रहेका छन् । 

Atrya hospital

यस्तै तारा जोशी, गौरा भण्डारी, बिर्मा लुहार, लक्ष्मी भाट, लक्ष्मी ठगुन्ना, गम्भीर चन्द, करडी लुहार,भोजराज जोशी, प्रेम बिष्ट, रामदत्त जोशी र परमानन्द बडू पनि सम्मानित भएका छन् । 

उनीहरुलाई जनही एक हजार नगदका साथै दोसल्ला ओढाएर सम्मान गरिएको बोहराले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update