Sagun Khabar
देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन 

कैलाली –देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ । बोगटीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

भदौ ३१ गते राति हायसले ठक्कर दिँदा गम्भीर घाइते भएका बोगटीको बिहीबार दिउँसो निधन भएको कैलाली प्रहरीले जनाएको छ । 

Atrya hospital

धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो ।  उनको टाउकोमा चोट लागेको थियो । ठक्कर दिने हायसका चालक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छन् । 

बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक (सई) पनि हुन् । बोगटीको निधनले देउडा क्षेत्रमा अपूरणीय क्षति पुगेको कलाकारहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update