Sagun Khabar
बैतडीको खोड्पेमा देउडा कार्यक्रम शुरु 

बैतडी –बैतडीको खोड्पेमा महिला ÷पुरुष देउडा कार्यक्रम आजदेखि शुरु भएको छ । गौरा पर्वको अवसर पारेर शुरु भएको कार्यक्रम तीनदिन सम्म सञ्चालन हुनेछ । 

खोड्पे बजार व्यवस्थापन समितिको आयोजना र पाट नगरपालिका वडा नं ८ को सहयोगमा देउडा कार्यक्रमको आयोजना गरिएको बजार व्यवस्थापन समितिका बरिष्ठ उपाध्यक्ष मोहनसिंह बिष्टले बताए । स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित देउडा कार्यक्रमको आयोजना गरिएको बिष्टले बताए । 

Atrya hospital

देउडा कार्यक्रममा चर्चित देउडा गायक एवं सर्जक भानुभक्त जोशी, जेआर भट्ट लगायत २४ जना देउडीयाहरुको सहभागिता छ । कार्यक्रममा सहभागी हुने सबै देउडीयाहरुलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। 

यस्तै देउडा कार्यक्रममा बाहिरबाट सहभागी भएका देउडीयाहरुलाई यातायात खर्च, खाना र बासको व्यवस्थापन गरिएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । 

स्थानीय संस्कृतिको जगेर्नाका लागि देउडा कार्यक्रममा वडाले सहयोग गरेको उनले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने उनले बताए । 

खोड्पे बजार व्यवस्थापन समितिका अध्यक्ष रामसिंह बिष्टको अध्यक्षतामा भएको देउडा समुद्दघाटन कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा प्रमुख अतिथी रहेका थिए । उद्दघाटन सत्रमा वडा नं ८ वडा अध्यक्ष हरिश बिष्ट लगायतका जनप्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।  

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update