Sagun Khabar
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधन भएको छ ।

केही समयदेखि विरामी रहेका उनको ७२ वर्षको उमेरमा बिहीबार अपरान्ह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

Atrya hospital

पार्टीले दुई दिनअघि एक वक्तव्य जारी गर्दै यचुरीलाई श्वास नलीमा गम्भीर संक्रमण रहेको जानकारी गराएको थियो । 

गत अगस्ट १९ देखि नै यचुरी अस्पतालमा भर्ना भएका थिए । निमोनियाका कारण अस्पताल भर्ना भएका उनको हालै आँखाको मोतियाबिन्दुको पनि शल्यक्रिया गरिएको थियो । 

येचुरी सन् १९९२ देखि सिपिआई (एम) का पोलिटब्यूरो सदस्य थिए । उनी सन् २००५ देखि २०१७ सम्म पश्चिम बंगालबाट राज्यसभाका सांसद पनि रहेका थिए । 

सन् १९७४ मा स्टुडेन्ट फेडेरेशन अफ इन्डियामा आबद्ध येचुरी एक वर्षपछि सिपिआई (एम) मा सामेल भएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update