Sagun Khabar
तीजको अवसरमा सुर्नयामा पालिकास्तरीय देउडा प्रतियोगिता हुने 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले हरितालिका तीजको अवसरमा देउडा प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 

यही भाद्र १९ र २० गते पालिकाको प्रांगणमा पालिकास्तरीय देउडा प्रतियोगिता आयोजना गरिने सुर्नया गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख निर्मला चन्दले बताइन् । महिलाहरुमा भएको क्षमता प्रस्फुटनमा सहयोग गर्ने र स्थानीय संस्कृतिको जगेर्ना गर्न देउडा प्रतियोगिताको आयोजना गरिन लागेको उनले बताइन् । 

Atrya hospital

प्रतियोगितामा सहभागी हुन चाहने पालिकाभित्रका महिला देउडीयाहरुलाई आफ्नो नाम टिपोट गर्न र टीमसहित सहभागी हुन आग्रह गरिएको उनले बताइन् । 

हरितालिका तीज महिलाको पर्व भएकाले महिला देउडा प्रतियोगिताको आयोजना गर्ने तयारी भएको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन् । प्रतियोगितामा उत्कृष्ट हुने चारजनालाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । 

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार नगद, दोश्रो हुनेलाई ८ हजार, तेश्रो हुनेलाई ५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३ हजार पाँच सय पुरस्कार प्रदान गरिने उपाध्यक्ष बोहराले बताइन् । उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिनेछ ।  

surnaya-1725158933.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update