Sagun Khabar
अछाममा दुई कांग्रेस नेताबीच लफडा हुँदा समन्वय प्रमुख घाइते 

अछाम –अछाममा दुई कांग्रेस नेताबीच लफडा भएको छ ।

जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहबीच लफडा भएको हो । एक आपसमा लफडा हुदाँ कुँवर घाइते भएका छन् । 

Atrya hospital

आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा संगै मदिरा सेवन गरेका कुँवर र शाहबिच विवादपछि कुटपीट भएको हो । कुटपीटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ ।
घटनापछि कुँवरलाई जिल्ला अस्पताल अछाममा भर्ना गरिएको छ भने शाहलाई नियन्त्रणमा लिएको छ । 

दुवै जनाबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 

घाइते कुँवरको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update