Sagun Khabar
गौरा पर्वले सामाजिक सद्भाव बढाउने प्रदेश प्रमुख मियाँको विश्वास 

कैलाली –सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमीलेको महान् पर्व गौराले सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले सांस्कृतिक पर्व गौराले सुदृढ राष्ट्रिय एकतासमेत कायम गर्नमा सहयोग पु¥याउने बताएका हुन् । 

‘यस पर्वले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावनासहित नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस’ प्रदेश प्रमुख मियाँले जारी गरेको  शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

Atrya hospital

सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ परापूर्वका कालदेखि मनाउँदै आइरहेको सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको गौरा पर्वको संरक्षण र संवर्द्धनमा लाग्नु पर्ने प्रदेश प्रमुख मियाँले बताए । 

उनले शुभकामना सन्देशमा गौरा पर्वले एक आपसमा प्रेम, सद्भाव र आत्मीयता बढाउनेमा समेत विश्वास व्यक्त गरेका छन् । 

पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षसम्म कष्टसाध्य तपस्या गरी महादेवलाई पति पाएको खुसीयालीमा गौरापर्व मनाउन थालिएको बताइन्छ । 

यस पर्वमा शिव र पार्वतीको पूजा आराधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य, सौभाग्य एवम् समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update