Sagun Khabar
गौरा पर्वको अवसरमा ड्यौडा कार्यक्रमको आयोजना हुने 
फाइल फोटो

बैतडी–गौरा पर्वको अवसरमा बैतडीमा ड्यौडा कार्यक्रम हुने भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ६ रीगामा यही भदौ ११ गतेदेखि १३ गतेसम्म ड्यौडा कार्यक्रमको आयोजना गरिने भएको हो । 

श्री भूमीराज उदयदेव ड्यौडा संस्कृति जगेर्ना समितिको आयोजनामा ड्यौडा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको समितिका सचिव गणेशबहादुर कुँवरले बताए । 

Atrya hospital

ड्यौडा कार्यक्रममा सिगासका ड्यौडिया रामसिंह धामी र मनिषा धामी, दोगडाकेदारका ड्यौडिया कमला बिष्ट र लक्ष्मी बोहरा तथा पुर्चौंडीका ड्यौडिया रामसिंह बिष्ट र कृष्णसिंह रतोकीको सहभागिता रहने सचिव कुँवरले बताए । 
स्थानीय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ड्यौडा कार्यक्रमको आयोजना गरिएकाले सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको छ । ड्यौडा कार्यक्रममा सहभागि ड्यौडियाहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको सचिव कुँवरले बताए । 

यस्तै पाटन नगरपालिका वडा नं २ को वडास्तरीय क्लबको आयोजनामा गौरा बिशेष खुल्ला ड्यौडा प्रतियोगिता हुने भएको छ । यही भदौ १२ र १३ गते हुने प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रो हुनेलाई ४ हजार र तेश्रो हुनेलाई ३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुन चाहने ड्यौडियाहरुले भदौ ११ गतेभित्र नामदर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update