Sagun Khabar
चट्याङ लागेर डोटीमा एक किशोरीको मृत्यु 

डोटी–चट्याङ लागेर डोटीकी एक किशोरीको मृत्यु भएको छ । 

जिल्लाको जोरायल गाउँपालिका –६ गुनडकी १८ बर्षीया दुर्गा साउँदको चट्याङ लागेर मृत्यु भएको स्थानीय चित्रराज भट्टले बताए । 

Atrya hospital

शनिबार साँझ साढे सात बजेतिर घरमा परेको चट्याङ लागेर गम्भीर घाइते भएकी साउँदलाई उपचारका लागि धनगढी लगिएको थियो । साउँदको उपचारकै क्रममा मृत्यु भएको डोटी प्रहरीले जनाएको छ । 
 

 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update