Sagun Khabar
गौराका लागि पुर्ख्यौली  थलो फर्कनेको संख्या बढ्यो 

बैतडी–सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिक आएपछि पुख्र्यौली थलो फर्कनेको संख्या बढेको छ । पहाडबाट बसाइसराईँ गरेर गएकाहरु गौराका लागि पुख्र्यौली थलोमा फर्कन थालेका छन् । 

तराईका जिल्लाबाट पहाड आउनेको संख्या बढेको महाकाली बहुउद्देश्यीय यातायाता प्रालि सतबाँझका सम्पर्क व्यक्ति कर्णबहादुर पाण्डेले बताए । पहिलाको तुलनामा गौरा नजिक आएसंगै तराईबाट पहाड आउनेको संख्या बढेको उनले बताए । 

Atrya hospital

गौराको समयमा पुख्र्यौली थलोमा सबैसंग भेटघाट हुने भएकाले गौराका लागि पुख्र्यौली थलोमा फर्किएको बैतडीका लवदेव अवस्थीले बताए । गौरा पारिवारिक मिलनको पर्व भएकाले पनि सबै मानिसहरु एकै ठाउँमा भेट हुने गरेको उनले बताए । 

गौराको समयमा बसाइसराई गरेर तराई गएकाहरु फर्कन थालेका दार्चुलाका स्थानीय गंगासागर जोशीले बताए । दशैं भन्दा बढी महत्व दिएर गौरा पर्व मनाइने भएकाले पुख्र्यौली थलोमा फर्कनेको संख्या बढेको उनले बताए । 
यो बर्षको गौरा भोलिदेखि शुरु हुँदैछ । केही ठाउँमा भोलि बिरुडा पञ्चमी मानेर बिरुडा भिजाउने तयारी गरिएको छ । केही ठाउँमा पर्सि शनिबारदेखि गौरा मनाउने तयारी भएको छ । 

गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली भने भदौ १० गते परेको छ । गौरा पर्व नजिक आएपछि गाउँघरमा चहलपहल बढेको स्थानीयहरुले बताएका छन् । गौराका समयमा रोजगारी र पढाईका लागि घर बाहिर रहेकाहरु समेत घर फर्कने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update