Sagun Khabar
हरिराम पार्की ‘हरपल’को अधुरो पिरती 

बैतडी– बैतडीका नवगायक हरिराम पार्की ‘हरपल’को अधुरो पिरती बोलको देउडा गीत सार्वजनिक भएको छ । जिल्लाको मेलौली नगरपालिका–३ कुजागाड घर भएका पार्कीले आफ्नो पहिलो देउडा गित अधुरो पिरती आइतवार निरन्तर मिडिया युट्युब च्यानल मार्फत बजारमा ल्याएका हुन् । 

भानुभक्त जोशीको शब्द र सुन्दर साउँदको लय संगीतमा रहेको अधुरो पिरती गीतमा हरिराम पार्की ‘हरपल’ र गौरी ओझको स्वर रहेको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका पार्कीले अधुरो प्रेमको वियोगान्त व्याख्या गर्दै उक्त देउडा गीत बजारमा ल्याएका हुन् । 

Atrya hospital

मौलिक देउडासंगै संगीत  क्षेत्रमा चासो राख्ने पार्कीले अधुरो पिरती बोलको गीतबाट आफ्नो सांगितिक क्षेत्रको यात्रा शुरुवात गरेका छन् । पहिलो पटक देउडा गीतमा स्वर दिएको पार्कीले बताए । 

https://www.youtube.com/watch?v=97I6zXj_LhE
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update