Sagun Khabar
गौरा पर्व : ‘बाटा गौरा’ मनाउने ठाउँमा भदौ ७ र ‘धोइ गौरा’ मनाउने ठाउँमा भदौ ८ बाट शुरु हुने 

बैतडी–सुदूरपश्चिममा मनाइने गौरा पर्व कुनै ठाउँमा भदौ ७ र कुनै ठाउँमा भदौ ८ गतेबाट शुरु हुने भएको छ । 

यो बर्ष भाद्र कृष्ण पक्षमा गौरा परेको छ । भाद्र कृष्ण पञ्चमीबाट गौरापर्व शुरु भई गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली मनाइने गरिन्छ । 

Atrya hospital

पञ्चमीका दिन बिरुडा भिजाउने, षष्ठीका दिन बिरुडा धुने, सप्तमीका दिन गौरा भित्र्याउने र अष्टमीका दिन गौरा खलामा लगेर अठ्यावाली मनाउने प्रचलन रही आएको छ । 

तिथी घटबढ भएका कारण बिरुडा धुने र गौरा भित्र्याउने तिथी एकैदिन परेकाले धोइ गौरा मनाउनेहरुले भदौ ८ गतेबाट गौराको शुरुवात गर्ने ज्योतिष डिल्लीराज जोशीले बताए । भदौ ८ गतेका दिन बिरुडा भिजाउने, भदौ ९ गतेका दिन बिरुडा धुने र गौरा भित्र्याउने उनले बताए । यस्तै भदौ १० गतेका दिन गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली परेको ज्योतिष जोशीले बताए । 

बाटा गौरा मनाउने ठाउँमा यो बर्षको गौरा पर्व भदौ ७ गतेबाट शुरु हुने ज्योतिष कृष्णानन्द अवस्थीले बताए । एकैदिन बिरुडा धुने र गौरा भित्र्याउने चलन नभएका ठाउँमा भदौ ७ गतेबाट गौरा शुरु हुने उनले बताए । 

भदौ ७ गते पञ्चमी लागिसक्ने भएकाले यस दिनलाई बिरुडापञ्चमीको रुपमा मनाउने स्थानीय संस्कृतिका जानकार पण्डित शिवराज भट्टले बताए । बाटा गौरा मनाउने ठाउँमा भदौ ७ गते बिरुडा पञ्चमी, भदौ ८ गते नानी गौरा अर्थात बिरुडा धुने, भदौ ९ गते ठूली गौरा अर्थात गौरा भित्र्याउने र भदौ १० गते दुर्वाष्टमी अर्थात अठ्यावाली परेको पण्डित भट्टले बताए । 

अठ्यावाली पछि शुभसाइत हेरर ठाउँ अनुसार फरक फरक दिन गौरा पर्व समापन गर्ने प्रचलन रही आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update