Sagun Khabar
संस्कृति जोगाउन देहीमाण्डौंमा ठाडो खेल शुरु 

बैतडी–गौरा पर्व नजिकिएसंगै बैतडीको देहीमाण्डौंमा ठाडो खेल शुरु गरिएको छ । गौराको समयमा गाइने विभिन्न ठाडो खेल,चैत, ढुस्को,धमारीहरु पछिल्लो समयमा लोप हुँदै गइरहेकाले स्थानीय युवाहरुको अग्रसरतामा खेल खेल्न शुरु गरिएको हो । 

विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी गाएर खेल्ने गरिएको स्थानीय प्रकाश बोहराले बताए । पहिला पहिला यस्ता खेलहरु गौरा शुरु हुनुभन्दा एक महिना अघि नै खेल्ने गरिएपनि पछिल्लो समयमा त्यो चलन हट्दै गएको छ । 

Atrya hospital

पुरानो संस्कृति जोगाउन र पुस्तान्तरण गर्नका लागि आफूहरुले ठाडो खेल, ढुस्को,धमारी खेल्ने शुरु गरेको स्थानीय प्रकाश बोहराले बताए । गौरापर्वसंग साँझ ६ बजेदेखि हरेक दिन खेल खेलिने उनले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरको मैदानमा ऐतिहासिक खेलहरुका लागि देउडा समेत खेल्ने कार्य शुरु गरेको बोहराले बताए ।  
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update