Sagun Khabar
सेटीगाउँ बहुमुखी क्याम्पसले मनायो ‘ओल्के पर्व’ 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसले सामूहिक रुपमा ओल्के पर्व मनाएको छ । ओल्के पर्वको अवसरमा आज क्याम्पस परिसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख राजेन्द्र जोशीले बताए । 

सुदूरपश्चिम मौलिक खानाका परिकारहरु बनाएर क्याम्पसमा अध्ययनरत विद्यार्थी, प्राध्यापक र अभिभावकहरुले संगै मिलेर सामूहिक भोजन गरेको उनले बताए । ओल्के पर्वको मौलिकताका बिषयमा विद्यार्थीहरुलाई जानकारी दिने र मौलिक पर्वको जगेर्ना गर्ने उद्देश्यले क्याम्पसमै ओल्के पर्व मनाएको क्याम्पस प्रमुख जोशीले बताए । 

Atrya hospital

सेटीगाउँ बहुमुखी क्याम्पसले आफ्नो बार्षिकोत्सवको अघिल्लो दिन हर्षोल्लासका साथमा ओल्के पर्व मनाएको हो । क्याम्पसले भोलि विभिन्न कार्यक्रमका साथ बार्षिकोत्सव मनाउने तयारी गरेको छ । 

२०६७ सालमा स्थापना भएको सेटीगाउँ बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस हो । यो क्याम्पसमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा स्नातक तहसम्मको पढाई हुने गर्दछ । 

सेटीगाउँ बहुमुखी क्याम्पसमा झण्डै साढे ५ सय विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रमुख जोशीले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update