Sagun Khabar
त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा गौशाला निर्माण गरिँदै 

बैतडी–बैतडीको प्रसिद्ध धार्मिक स्थल त्रिपुरासुन्दरी भगवती मन्दिरमा गौशाला निर्माण गरिँदैछ । त्रिपुरासुन्दरी मन्दिर सेवा समिति पूजारागाउँले गौशाला निर्माणको काम अघि बढाएको हो । 

मन्दिर छेउमै गौशाला निर्माणको काम अघि बढाइएको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए । मन्दिरमा पूजाका बेला गाईको दान गर्नुपर्ने भएकाले गौदानका लागि गाई पाल्न गौशाला निर्माणको काम अघि बढाइएको उनले बताए । 

Atrya hospital

मन्दिरमा राखिएका कर्मचारीहरुले गौशालामा पालिने गाईको हेरविचार गर्ने थापाले बताए । अहिले चन्दा संकलन गरेर गौशाला निर्माणको काम अघि बढाइएको हो । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा नित्य पूजा लाग्ने र त्यो बेला गौदान गर्नुपर्ने भएकाले गौशालामै गाई पाल्ने योजना बनाइएको थापाले बताए । 

यस्तै त्रिपुुरासुन्दरी भगवती मन्दिर परिसरभित्र पुस्तकालय समेत सञ्चालनमा ल्याइएको छ । दर्शनका लागि पुग्ने दर्शनार्थीहरुलाई धार्मिक पुस्तकहरु अध्ययन गर्न मिल्ने गरी पुस्तकालय सञ्चालनमा ल्याइएको हो । 

त्रिपुरासुन्दरी भगवती मन्दिरलाई नेपालले पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा राखेको छ । यो मन्दिरमा कार्तिक शुक्ल पक्षको अष्टमी र नवमीमा बलिसहित जात्रा हुने गरेको छ । त्यसका साथै दशैंको समयमा पनि मन्दिरमा जात्रा हुने गरेको स्थानीय आनन्दमणी भट्टले बताए । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा चैतेदशैंको समयमा जात्रा हुनुका साथै अषाढ शुक्ल पक्षमा अषाढी जात हुने गरेको छ । 

त्रिपुरासुन्दरीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गर्दछन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update