Sagun Khabar
बैतडीका गायक विक्रम कुँवरको ‘घुम्न जाऔं सुदूरपश्चिम’सार्वजनिक

बैतडी–बैतडीका गायक विक्रम कुँवरको ‘घुम्न जाऔं सुदूरपश्चिम नेपाल’ नामको नयाँ गीत सार्वजनिक गरिएको छ । 

सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको चर्चा गर्दै गायक भोजराज भट्ट, कुवँर लगायतका ८ जना गायकको सामूहिक स्वर रहेको गीत बजारमा ल्याइएको गायक कुँवरले बताए । 

Atrya hospital

उक्त गीतको भिडियोमा सुदूरपश्चिम प्रदेशका मुख्य पर्यटकीय क्षेत्रहरुलाई समावेश गरिएको छ । गीतमा लय र शब्द कुँवरको रहेको छ भने एरेन्ज भुवनप्रकाश बडूले गरेका छन् । 

विग एचडी परिवेश स्टुडियोमा रेर्कड भएको गीत निरुता बिष्टको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

बैतडीको पुर्चौंडी नगरपालिका कुवाकोट घर भएका गायक कुँवरले यो भन्दा पहिला पनि विभिन्न गीतहरु बजारमा ल्याइसकेका छन् । 

https://www.youtube.com/watch?v=6zjYcbYm3oA&t=26s
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update