Sagun Khabar
पशुपति कोटीहोम महायज्ञमा बैतडीका आचार्य कृष्ण दमाइबाट प्रवचन

बैतडी–मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन् । संस्कृतमा आचार्य गरेका बैतडीका दमाइले शुक्रबार प्रवचन दिएका हुन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए  ।

बैतडीको शिवनाथ गाउँपालिका घर भएका दमाइ दलित समुदायबाट व्यासासन बसेर प्रवचन गर्ने पहिलो व्यक्ति समेत बनेका छन् । 

Atrya hospital

प्रवचनका क्रममा आचार्य कृष्णले राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको बताए ।  उनले कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको धारणा राखे । 

सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने धारणा राख्दै आचार्य कृष्णले धार्मिक रूपमा विभाजित गर्ने प्रवृत्तिबारे समेत सचेत रहनुपर्नेमा जोड दिए ।  

मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले नेपालमा नयाँ युगको सुरुआत भएको बताए । 

एक महिना अर्थात साउनभर चल्ने कोटिहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजनहरू सहभागी भएका जानकारी दिइएको छ । दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ गर्ने गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update