Sagun Khabar
रोपाइँकी रौनक 

खष्टीका परभात है खटन भ्यो, रोपाइ हो द्वादशी, 
रोप्नारी बउस्या सबै गणिहल्या, बेल्का चुलाखी बसी ।।

रैण्या एक जती धुलो पन पिस्यो, घट्टै त खोल्यालका,
टाँजो चाङलको छ साग गुड़को, मौ जौ पुरा ख्यालका ।। 

खैल्ला बल्ल छनै पड़्याल छ भली, बैदारकी मौसितः,
चालै ज्यू पन आउन्या कुरडि भै, भैना छ गौन्या रितः ।। 

Atrya hospital

गाज्जो भैरिमणो छ टन्ज जउँ छन्,सुप्पेक् दलेका भला, 
गण्णामा अँउला बियाइ अरन्या,दिन् आज भैगैछला ।। 

बेण्णाका मथिका गड़ा त इचलो, लायो बियाई सकी, 
पान्यो तार बुजी बुड़ा घर अया, अग्गास बादल् तकी ।।

थोक्की बेर बसी थुमेलि लधरी, खेता कुड़ा लै सुची, 
बासीका बकला पन्या दुइ खया, रङ्ङ्यामि छाँचै मुछी ।। 

घोप्टीग्या नलका फिनामथि दरी, लाई जस्याका बुवा, 
न्यारो हालि त कोकलो पन तकी, पल्टीन तन्री सुवा ।। 

 बोल्या च्यार्र चड़ा डला रुखरुखै, अड़्की चना भैसि लै, 
काँस्यो ख्याक्क अरी बुड़ो नङर लौ, भै उठ्ठि बेला लगै ।।

उठ्ठाकन् जसुल्या बुवा उठ भणी, बोलिन् घगर्याः जब, 
झ्यास्सै झट्ट उठी अँखा पन मण्या, बड्डानले लै तब ।। 

ठाड़ो धोइ मुखै लगाइ बिथरा, कच्छा कुल्या ध्यान् अर्यो,
 बड्डीले चुलिचौकि गोठ सकि सब् , फोलेक पानी भर्यो ।।

दालो राखि मुखैनि बल्ल दुइका, खोजी हला मै जँवा, 
सिम्को सामि लया बटा हिरु तरा, घाणा हुली भैरँवा ।।  

ढाणैबन्ट बुजी कुलो दरबरै, खेतै रुजायो पुरा, 
बौस्या पारिबटी अया दलु बज्या, सङ्ङै त आयो भुरा ।। 

सुल्पामा भसुवा तमाख जगर्या, सोड्डोइ् त आयो फिरी, 
दम्म्वा दा बउसो नर्या कसि भली, कानैनि आया भिरी ।। 

जोत्या बल्ल हलो पछा मइ लगै, हाली फतोड़ी गड़ा, 
ड्याली कन्सि गरी गड़ो दड़बड़्या, पाड़ी भया लौ खड़ा ।।

रोप्न्या आस भया गड़ा भणि जस्या, डाँको लगौंछे जब, 
ब्यालो भ्यो कि भणी पुतारि घर है, खेत् हेद्द लाग्या तब ।। 

खेतैकी रिथनी समाइ पुगिगै, सोज्या कलेवारको,
ढुल्ला बल्ल दिनी बिचार बुझदी, रोप्नारिका सारको ।।

सोज्या लाउनको सकी बउसिया, फिर् काम अद्दा भया,
भैनारी तक ला सजै सज अरी, चाला अमा लै अया ।। 

हाण्यो थ्याच्च लफाउड़ो गुनडÞिका,भाङी नर्याले जब, 
रोप्नै छाडÞि अया सबै मथिबटा, धीराट भैगै तब ।। 

उल्जाउल्ज खुबै भई बउसिया,रोप्न्यानका बीचमा, 
कित्थीकी छमच्याट भै तक तले, दम्म्वा पड़्यो कीचमा ।। 

एक् थेचाड़ पड़्यो नर्या जब ठुलो, गोठी थच्याक्कै गरी,
भाँजी फर्कि तकी हिही हिहि गरी,मल्ला गड़ा नेफरी ।।
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update